कोरोना खोप अभियानको एकसाता, १ लाख २८ हजार बढीले लगाए खोप

काठमाडौं, २० माघ । नेपालमा बुधबारबाट शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानमा उत्साहजनक सहभागि भएका छन् ।

खोप अभियानको सातौ दिनसम्म १ लाख २८ हजार भन्दा बढीले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २०१ वटा खोप केन्द्रबाट हालसम्म ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले खोप लगाएका छन्।

जसमध्ये प्रदेश नम्बर १ मा १७ हजार २८७, प्रदेश नम्बर २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५ जनाले कोभिड खोप लगाएका छन्।

त्यसैगरी, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदुरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएका छन्।

खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here