पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम

बुटवल, २० माघ । बुटवल । पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा सम्बन्धि पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालिम बुटवलमा सुरु भएको छ । जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा टुरिजम् रिकोभरी टास्कफोर्स (टीआरटीएफ नेपाल) ले मंगलबारदेखि तालिम सुरु गरेको हो ।

तालिममार्फत् सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलका प्रशिक्षकहरू (स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य रहको जनाईएको छ ।

तालिममा टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका सीइओ सुरेश सिंह बुडालले प्रशिक्षण प्रदान गरिरहेका छन् । देशका विभिन्न ५ ठाउँमा हुने प्रशिक्षण तालिम फागुन १ गते धनगढीमा सम्पन्न हुनेछ ।

फलस्वरुप यस अभियानको प्रारम्भिक योजना अनुुरुप पश्चिम नेपालमा कूल २,७५० सेवा प्रदायक तथा व्यवसायीहरुलाई स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी एक महिना भित्र प्रशिक्षित गरिनेछ ।

विगत देखिनै सरसफाई र स्वच्छता प्रमुख चुुनौती रहेको र कोरोना महामारी पछि स्वास्थ्य सुरक्षा मुख्य चासो रहेको सन्दर्भमा स्वच्छ र सफा नेपाल बनाई नेपालको सुुन्दर छवी स्थापित गर्ने उद्देश्यले सुरु गरिएको यो नमुुना अभियान निकै प्रभावकारी रहने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागी होटल टाइगर प्यालेसका महा प्रबन्धक लक्ष्मण थापाका अनुसार धेरै सरल तरिकाले पर्यटन र पर्यटकहरु लाई कसरी सजिलो र सुुरक्षित तरिकाले सेवा प्रदान गर्ने र हरेक पर्यटन व्यवसायीहरुले आफनो व्यवसायमा लागु गर्नुपर्ने तरिकाहरुको बारेमा आजको तालीमबाट सहभागीहरु धेरै सुक्ष्म तरीकाले बुझ्न र सिक्न पाएकोमा धेरै लाभान्वित भएको बताउँदै यस तालीमबाट सिकेका तौर तरिकाहरुलाई स्वच्छ नेपाल सफा नेपाल अभियानको रुपमा प्रवद्र्धन गर्ने अठोट व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here