सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ ।

मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला ६०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ घट्यो । बुधबार चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here