उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक पदाधिकारीको सपथ ग्रहण कार्यक्रम बहिष्कार

काठमाडौं, २१ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद् सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।

कानूनी र राजनीतिक विवादका बीच भएको संवैधािनक पदाधिकारीहरुको नियुक्ति उपराष्ट्रपति नन्दबहादुर पुन र विघठित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले बहिष्कार गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि तत्कालिन माओवादीबाट उपराष्ट्रपति बनेका पुन प्रचण्ड–नेपाल समूहसँग नजिक रहँदै आएका छन् ।

सभामुख सापकोटाले संवैधानिक परिषद् सदस्यहरुको नियुक्ती सिफारिसमा असन्तुष्टी जनाउँदै फिर्ता पठाएका थिए ।

विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुले बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here