ट्राफिक जरिवाना तिर्न बैंकमा जानुपर्ने बाध्यताको अन्त्य, अब अनलाइनबाटै तिर्न सकिने

फाइलफोटो

काठमाडौं, २१ माघ । ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अबदेखि अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट अनलाइनबाट नै जरिबाना भुक्तानीको औपचारिक सुरुवात गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले आगामी दिनमा बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाईदिएपछि ट्राफिकले सुचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनले बताए ।

ट्राफिक जरिवाना अबदेखि बैंक जानुपर्ने समस्यालाई हटाएर इसेवा र कनेक्ट आइपिएसमार्फत जरिवाना तिर्न मिल्ने सेवा उपलब्ध गराएको हो।

त्यहाँ चिट नम्बर राखेर जरिवाना तिर्न सकिने महाशाखाले जनाएको छ। ट्राफिक नियम उल्लङ्घ गर्दा पहिले ट्राफिकले लिने जरिबाना तिर्न बैंकमा जानुपर्ने बाध्यता थियो।

लामो समयसम्म बैंकमा लाइन बस्नुपर्ने र समय खर्चिनुपर्ने जनगुनासो बढेपछि अनलाइन मार्फत नै जरिबाना दस्तुर भुक्तानी गर्ने प्रणाली ल्याइएको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय ट्राफिक महाशाखाले आफ्नो सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै गएको छ। यसअघि कुनै पनि सवारी चोरी वा हराएमा अनलाइनबाट नै उजुरी दिनसक्ने व्यवस्था ल्याएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here