प्रचण्ड-नेपाल समूहद्वारा देशव्यापी आमहड्ताल, के खुल्‍ने, के बन्द रहने ?

काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ।

प्रतिनिधि सभा विघटन विरुद्ध र संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको विरोधमा आमहड्तालको घोषणा गरेका हुन् ।

आमहड्तालमा के बन्द रहने ?
– यातयात
– पसल
– उद्योग व्यवसाय
– कलकारखाना र
– शिक्षण संस्थाहरु

के खुल्‍ने ?
– अस्पताल
– एम्बुलेन्स
– पानी, दुध, औषधीलगायत अत्यावश्यक सेवाहरु
– विद्यार्थीहरुको परीक्षा सञ्‍चालनमा अवरोध नगरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here