‘निर्धक्क भएर यातायात सञ्चालन गर्नू, अवरोध गरे कारबाही हुन्छ’

काठमाडौं, २१ माघ । प्रचण्ड–माधव समूहको नेकपाले संवैधानिक निकायमा सरकारले गरेको नियुक्तीको विरोधमा बिहीबार आम हड्ताल आयोजना गरेको छ ।

यसको विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी सरकारले दिएको छ । आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

बुधबार गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले एक विज्ञप्ति जारी गर्दै यातायात, व्यवसाय, उद्योगमा अवरोध गरे कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

आफ्नो पेशा व्यवसाय निरन्तर संचावन गर्न र सरकारले सुरक्षाको जिम्मेवारी लिने समेत गृहको भनाई छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयको चेतावनी छ ।

दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयको आश्वासन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here