उत्कृष्ट जित निकाल्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

काठमाडौं, २२ माघ । उत्कृष्ट जित निकाल्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ ।

गत राती सम्पन्न खेलमा घरेलु टोली ग्रानाडामाथि दुई गोलले पछि परेको नतिजा उल्टाउँदै बार्सिलोना जीत निकाल्न सफल भएको हो ।

बार्सिलोनाले ग्रानडामाथि ५–३ को जित निकालेको हो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान दुई दुई गोल गरे । एक गोल फ्रान्की डि जोङको नाममा रह्यो । ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरेका थिए ।

ग्रानडामा बुधबारराति भएको खेलमा घरेलु टोली ग्रानडाले खेलको ३३औं मिनेटमा केनेडीको गोलबाट अग्रता लिएको थियो । ४७औं मिनेटमा एन्जल मोन्टोरोको पासमा रोबर्टाे सोल्डाडोले गोल गर्दै ग्रानडाको अग्रता दोब्बर पारे ।

तर, अन्तिम समयमा बार्सिलोनाले दुई गोल गर्दै खेललाई अतिरित्त समयमा लम्ब्याए । ८८औं मिनेटमा एन्टोइन ग्रिजम्यानले कप्तान लियोनेल मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्कने संकेत दिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोर्डी अल्वाले ग्रिजमनको पासमा गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याउदै खेललाई अतिरिक्त समयमा लम्ब्याए ।

१००औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई ३–२ ले अघि बढाए । तर १०३औं मिनेटमा फेडे भिकोले पेनाल्टीमा गाल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

१०८औं मिनेटमा फ्रान्की डि जोङले तथा ११३औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई ५–३ को जित दर्ता गरेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here