इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा घट्यो, कति पाउला आइपीओले ओपनिङ्ग रेञ्ज ?

काठमाडौं, २२ माघ । हालै इतिहासकै सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) जारी गरेको नेपाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफामा गिरावट आएको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद मुनाफ १२.५४ प्रतिशतले घटेको छ ।

बैंकले चालू आवको पुस मसान्तसम्म ३५ करोड २२ लाख ५५ हजार खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ५ करोड ५ लाख कमी हो । बैंकले गत वर्षको दोस्रो त्रैमासमा ४० करोड २७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको नाफामा गिरावट आएको हो। समीक्षा अवधिमा ५० करोड ३५ लाख सञ्चालन मुनाफा र ५६ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले ३४ करोड निक्षेप सङ्कलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस्तै बैंकले विभिन्न बैंकहरुमा १३ अर्ब ४३ करोड रुपैयाँ निक्षेप लगानी गरेको छ।

यसै महिना ८ अर्ब बराबरको आइपीओ जारी गरेको बैंकको हालको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ भने आइपीओ पूँजीकृत गरेपछि चुक्ता पूँजी २० अर्ब पुग्नेछ । सो अवधिसम्ममा बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड रुपैयाँ सञ्चित छ।

नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ६.७१ रुपैयाँबाट घटेर ५.८७ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने ११०.८२ रुपैयाँबाट बढेर ११६.१९ रुपैयाँ पुगेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/ ७७ को प्रतिसेयर नेटवर्थ ११३ रूपैयाँ ६२ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३४० रुपैयाँ ८६ पैसा हुन्छ ।

इन्फ्रास्ट्रक्चर बैंक ले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । १६ गते आइपीओ शुक्रबार बाँडफाँड गरेको थियो । ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको शेयर पाएका थिए ।

५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरले ६० कित्ता शेयर पाएका थिए ।

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै ठूलो साधारण शेयर हो । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here