आमहड्तालप्रति पूर्व राजाको आक्रोश-‘सत्ताको खेल जनताको मन जितेर खेल्नुपर्छ’

काठमाडौं, २२ माघ । प्रचण्ड–माधव नेपाल) समूहले गरेको आमहड्तालप्रति पूर्व राजा ज्ञानेन्द्र शाह आक्रोशित देखिएका छन्।

बिहिवार बिहान सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले नेकपाको एक समूहले गरेको हड्तालप्रति आक्रामक देखिएका हुन्।

सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले भनेका छन्, ‘जनताको दैनिकीमा ध्यान नदिइ आफ्नो राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ ।’

पूर्व राजा शाहले अगाडि लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ, न कि बन्द, हड्ताल वा जनविरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य हुन्न ।’