टेलिकमले ल्यायो फोरजीमा चल्ने वाइफाइ

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले फोरजीमा चल्ने वाइफाइ सेवा शुरु गरेको छ । कम्पनीले १७ औँ वार्षिक साधारण सभाको अवसरमा वायेरलेस होम ब्रोडब्याण्ड सेवा शुरु गरेको हो ।

टेलिकमले सस्तो दरमा फोरजी वायरलेस होम ब्रोण्डब्याण्डमा उक्त सेवा प्रयोग गर्न सकिने जनाएको छ ।

प्रति महिना ९ सयदेखि १६ हजार रुपैयाँ सम्मको प्योकेजमा वाइफाइबाट फोरजी चालउन सकिने टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकारी दिए ।

उनका अनुसार १६ हजार रुपैयाँमा प्याकेज लिँदा प्रति जीबी ११ दशमलव ११ रुपैयाँमा फोरजी सेवा सञ्चालन गर्न सकिनेछ ।

यसैगरी उक्त सेवा प्रति महिना नौ सय रुपैयामा ६० जीबी, १५०० रुपैयाँमा १२० जीबी र वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७२० जीबी र १६ हजार रुपैयाँमा १४ सय ४० जीबीमा उपलब्ध रहेको छ ।

नेपाल टेलिकममा सरकारको ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल टेलिकमले हाल फाइबर टु दी होम (एफटिटिएच), जीएसएम मोबाइल सेवा, सीडिएमए मोबाइल सेवा, ल्याण्डलाइन, वाईम्याक्स लगायतका सेवाहरु प्रदान गर्दैं आएको छ ।

नेपालमा पहिलोपटक टेलिकम्युनिकेशन सेवा वि.सं. १९७३ मा सुरु गरिएको थियो । तर औपचारिक रूपमा टेलिकम सेवा भने वि.सं २००५ मा मोहन एकाश्वानीको स्थापना पछि प्रदान गरिएको थियो ।

त्यसपछि पहिलो राष्ट्रिय पञ्चवर्षीय योजना (२०१२-२०१७) मा बनेको योजना अनुसार वि.सं. २०१६ मा दूरसञ्चार विभाग स्थापना भयो ।

तर दूरसञ्चार सेवालाई आधुनिकीकरण गर्न र सेवाहरूको विस्तार गर्न तेस्रो पञ्चवर्षीय योजना (२०२३-२०२८) को अवधिमा दूरसञ्चार विभागलाई वि.सं. २०२६ मा दूरसञ्चार विकास बोर्डमा रूपान्तरण गरियो ।

त्यसपछि सञ्चार निगम ऐन २०२८ लागू भएपछि दूरसञ्चार सेवाहरू प्रदान गर्ने उद्देश्यका लागि वि.सं. २०३२ सालमा यसलाई नेपाल दूरसञ्चार संस्थान भनिने गरी पूर्ण सरकारी स्वामित्वको संस्थानको रूपमा औपचारिक रुपमा स्थापना भएको थियो ।

नेपाल दूरसञ्चार संस्थान बिं.स. २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रुपमा दर्ता भएको थियो ।

पछि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल दरसञ्चार कम्पनी लिमिटेड कम्पनी ऐन २०५३ अन्तर्गत दर्ता गरिएको कम्पनी हो।

नेपाल टेलिकमले हाल देशका ७७ वटै जिल्लामा फोरजी सेवा उपलब्ध गराइरहेको छ । साथै टेलिकमले एनटी टिभी ब्राण्डमा आईपीटिभी समेत सञ्चालनमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here