कुकुर मानिससँग किन नजिक हुन्छ ? यस्ता छन् कारण

काठमाडौं । कुकुर विश्वासिलो जनावर हो यो त हामी सबैलाई थाहा छ । तर, एउटा अध्ययन अनुसार कुकुर सबैभन्दा मिल्ने जनावर पनि हो ।

मानिसहरु कुकुरलाई निकै माया र ममताका साथ पाल्ने गरका छन् । मानिसहरु लाखौं रकम खर्च गरेर पनि कुकुर किनिरहेका हुन्छन् ।

कुकुरले पनि मानिसलाई असाध्यै माया गर्छ । कुकुरलाई हरेक कुरामा मानिसको विश्वासिलो साथीको रुपमा लिइन्छ । एक अनुसन्धान अनुसार कुकरमा साथी बन्ने गुण हुने कुरा प्रमाणित भएको छ ।

अमेरिकी वैज्ञानिकहरुको अनुसार कुकरमा साथी बन्न सक्ने एक प्रकारको अनुवांशिक गुण हुन्छ । कुकुरको विकास एक प्रकारको जंगली स्यालबाट भएको पाइन्छ । रिसर्चमा पाईएको थियो कि हजारौं वर्षको अन्तरालपछि कुकुरको रुपमा विकास भएको थियो ।

यसै कारण मानिसको यतिधेरै नजिक आएको भएको पाइन्छ । प्रिन्सटर्न यूनिभरसिटीका डाक्टर ब्रिजेट वोनहोल्डले एक अनुसन्धानमा भनेका छन् कि कुकुर र स्यालमा आनुवंशिक भिन्नता पाइएको थियो ।

कुकुर सजिलैसंग अपरिचीत मानिसहरुसंग नजिक जानसक्छ तर स्याल त्यस्तो गर्न सक्दैन् । २०,००० वा ४०,००० हजार वर्ष पहिले स्याल कुकुरको रुपमा विकास हुन सुरु गरेको थियो ।

यस अनुसन्धानमा भनिएको छ कि समय बित्दै जादाँ कसरी तिनीहरुमा मानिससंग साथी बन्ने गुणको विकास हुँदै गयो । र मानिसको सबैभन्दा राम्रो र मिल्ने साथीको रुपमा विकास भयो । यो अखनुसन्धान पुर्ण रुपमा साइन्स एडवान्टेज जनरल’ मा छापिएको छ । (बीबीसीं)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here