खोप अभियान शनिबारसम्म चल्ने, कुन प्रदेशमा कतिले लगाए ?

काठमाडौं, २२ माघ । नेपालमा शुरु भएको पहिलो कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तिम चरणमा पुगेको छ ।

आगामी शनिबारसम्म चल्ने खोप अभियानमा हालसम्म ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जस अनुसार प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमतीमा ५५ हजार ५ सय ४, गण्डकीमा १७ हजार २ सय ६७, लुम्बिनीमा २३ हजार ७ सय ९८ जनाले कोरोना खोप लगाएका छन् ।

त्यस्तै कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले खोप लगाएका छन्।

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here