फालेको पाङ्ग्रा र बिग्रेको ब्याट्रीबाट आविष्कार केन्द्रमा बन्यो विदुतीय ह्विल चेयर

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पूनले गत बुधबार एउटा भिडियो सहित सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस शेयर गरे ।

उक्त भिडियो हिड्न नसक्ने व्यक्तिहरुको लागि राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ब्याट्री बाट चल्ने ‘गुड्ने कुर्सी’ अथवा Electric Wheel Chair बारेमा थियो ।

नमूनाको रुपमा फालेको पाङ्ग्रा र बिग्रेको ब्याट्रीबाट बनाएको उक्त गुड्ने कुर्सीको चर्चा पछिल्लो समय बढेको निकै बढेको र ‘ब्याट्रीबाट गुड्ने ह्विल चेयर’ बनाउनुपर्ने कुरा त उठिरहेकै थियो ।

यसलाई कसरी बनाउन सहिएला भनेर हामीले फालेको पाङ्ग्रा र बिग्रेको ब्याट्रीको सदुपयोग गर्दै एउटा नमुना तयार गर्यौं । जसले चर्चा पाईरहेको पूनले क्लाउड पत्रिकासँग भने ।

दार्जिलिङ बाट काठमाडौँ घुम्न आएका सुरेश लिम्बु र प्रणय तामांङले आविष्कार केन्द्रमा केहि दिन बसेर बनाएको यो कुर्सी हिड्न नसक्ने व्यक्तिहरुको लागि निकै उपयोगी हुने उनको दाबी छ ।

‘यस प्रकारको कुर्सीको माग अत्यन्तै धेरै भयो । यसलाई कसरी बनाउन सकिएला भनेर अध्ययन गर्दै गर्दा दार्जिलिंङबाट काठमाडौँ घुम्न आएका भाईहरु सुरेश लिम्बु र प्रणय तामांङले केन्द्रमा केहि दिन बसेर नमूनाको रुपमा बनाएका पूनले बताए।

सकेसम्मको सस्तो बनाउछौं

‘गुड्ने कुर्सी’ निर्माणकै क्रममा रहेकोले त्यसकारण मूल्य कति पर्छ अहिल्यै भन्न सक्ने अवस्था छैन्, सकेसम्म सस्तो नै बनाउँछौ उनले भने ।

त्यसको पाङ्ग्राको कति पर्छ, मोटरको कति पर्छ त्यसको हिसाब गर्नै बाँकी छ । त्यसकारण मूल्य कति पर्छ अहिल्यै भन्न सकिने अवस्था त छैन् तरपनि हामी सकेसम्म साधारण र सस्तो मूल्यमा तयार गर्ने क्रममा जुटेका छौं ।

कहिलेसम्म तयार हुन्छ ?

‘गुड्ने कुर्सी’ सर्वसाधारणले प्रयोग गर्नको लागि भने अझै केही समय पर्खनु पर्ने छ । सामान अभावका कारण यो कुर्सी तयार हुन अझै केही समय लाग्छ । हामी यसको लागि पाङ्ग्रा र ब्याट्री खोज्दै छौं । हिजो जाने कुरा भएको थियो । बन्दले गर्दा रोकियो । तर, जतिसक्यो छिटो गर्ने तयारी गर्दैछौं ।