१० मिनेटमै फुल चार्ज हुने शाओमीको स्मार्ट फोन !

काठमाडौं । पछिल्ले समय स्मार्टफोन निर्माता कम्पनीहरु सबैभन्दा धेरै स्मार्ट फोनमा व्याट्रिको आयू बढाउने र फास्ट चार्जिङको लागि काम गरिरहेका छन् ।

त्यस्तैमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले १० मिनेटमै फुल चार्ज गर्न सकिने फास्ट चार्जिङको लागि काम गरिरहेको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन् ।

कम्पनी २०० वाटको फास्ट चार्जिङमा काम गरिरहेको छ । जसको माध्यमबाट स्मार्ट फोन १० मिनेटमै फूल चार्ज हुन्छ ।

यो सुविधा कुन स्मार्ट फोनबाट उपलब्ध हुन्छ भन्ने कुरामा जानकारी नआएपनि अबको केही समयपछि यो फ्ल्यागशिप स्मार्टफोनमा दिन सकिने कम्पनीले बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमे बताएका छन् ।

चिनियाँ माइक्रो ब्लगिङ साइट ‘वाईबो’ (Weibo) ले यस विषयमा प्रष्ट पारेको छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here