ओली पक्षको शक्ति प्रदर्शन, सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंमा शक्ति शुरु भएको छ ।

१२ बजेबाट शुरु भएको शक्ति प्रदर्शनमा उपत्यकाको विभिन्न स्थानबाट र्‍याली निस्केको छ । जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्न रोक लगाइएको छ।

दरबारमार्गस्थित नारायणहिटी अगाडि आमसभाको आयोजना गरिएको छ।

त्यसको लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्नमा केहि समयको लागि रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

निजी सवारी साधनलाई पनि कार्यक्रमस्थल वरिपरिबाटै डाइभर्ट गरिएको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here