‘मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा थुन्छौँ ‘- गृहमन्त्री

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा हाल्ने चेतावनी दिएका छन् । दरबारमार्गमा नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो धम्की दिएका हुन् ।

उनले प्रचण्डले ‘मांसहारी आन्दोलन’ गर्ने दुस्साहस गर्न लागेको भन्दै जावलाखेलको जु मा लगेर हाल्ने धम्की दिएका हुन् ।

प्रचण्डले केही हप्ता अघि आन्दोलन अब शाकाहारी नहुने बताएका थिए । उनले समर्थकहरुलाई आक्रामक बन्न भनेका थिए । यसको जवाफमा बादलको पछिल्लो भनाई आएको हो ।

बादलले नयाँ जनआन्दोलनमा जान लागेको तर्क गरे । अहिलेको नेतृत्वले देशलाई प्रतिगमनतर्फ लान लागेको भ्रम छरिरहेको बताउँदै भने,‘गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि जनसभा नारायणहिटीको दरबार अगाडि आमसभा गर्न लागेका हौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here