‘केपी ओलीले राजतन्त्र फर्काउँछ रे, कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ’

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताएका छन् ।

नेकपाको ओली समूहले शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कतिपयले बिहानसम्म पनि ओलीले राजतन्त्र फर्काउँछ रे भन्ने हल्ला फैलाएको बताए।

बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’ आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न सक्दैन् उनले भने ।

हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ । गणतन्त्र र संघीयतालाई कार्यान्वयन गर्दै अघि बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here