प्रभासका आगामी ३ फिल्ममा ९०० करोड भन्दा बढीको लगानी

काठमाडौं । साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्को फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् ।

उनको हरेक फिल्मलाई निकै महत्वका साथ हेरिन्छ । प्रभास अभिनित पछिल्ले सिनेमा ‘साहो’ हो । जसले राम्रै व्यापार गर्न सफल भएको थियो र उक्त फिल्मको बजेट पनि ३५० करोड थियो ।

प्रभासको अब आउने तीन सिनेमामा ९०० करोड भन्दा धेरैको लगानि हुने भएको छ । भारतिय सञ्चार माध्यमका अनुसार उनको आगामी ३ सिनेमा ‘आदिपुरुष’, ‘सलार’ र ‘राधेश्याम’ लगानी मौ ९२० करोड रहेको छ ।

१. ‘राधेश्याम’- २०० देखि २२० करोड
२. ‘सलार’ – २०० देखि २५० करोड
३. ‘आदिपुरुष’ – ४०० देखि ४५० करोड (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here