थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, २७२ जना डिस्चार्ज

काठमाडौं, २३ माघ । नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २७२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या २ हजार १ सय ८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here