फुल्चोकी र चन्द्रागिरीमा हिमपात, काठमाडौँमा चिसो बढ्यो

काठमाडौं, २४ माघ । शुक्रवारबाट धुम्मिएको मौसमका कारण शनिबार देशभरको मौसममा बदली भएको छ ।

मौसम बदलीको कारण देशको विभिन्न ठाँउमा पानी परेको छ भने केही ठाउँमा भारी हिमपात भएको छ

यसैक्रममा काठमाडौं चन्द्रागिरी र फुल्चोकीमा हिमापात भएको हो । हिँउ परेपछि चन्द्रागिरी घुम्न गएकाहरु रमाएका छन ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका थोरै ठाउँमा पानी परेको छ ।

आजराति पनि केहि ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिपातको सम्भावना रहेको छ । भोलिदेखि भने मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here