कोपा डेल रेः सेमिफाइनल खेल्ने बार्सिलोना र सेभिल्लामा तुलनात्मक रुपमा को बलियो ?

काठमाडौं । कोपा रे को जारी सिजनमा सेमिफाइल्नलमा भिड्ने टोलीको टुङ्गो लागेको छ । जारी सिजनको सेमिफाइनलमा बार्सिलोना र सेभिल्ला तथा एथ्लेटिको क्लब र लेभान्टे भिड्दै छन् ।

बार्सिलोनाले ग्रान्डालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने, सेभिल्ला अल्मिरियालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

तुलनात्मक रुपमा को बलियो ?

कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगको खेल माघको २८ गते बुधबार राति १ः४५ मा सेभिल्लाको घरेलु मैदानमा बार्सिलामा र सेभिल्ला भिड्दै छन् । त्यस्तै, दोस्रो लेगको खेल फागुनको १९ गते बुधबार राति १ः४५ मा खेल्दै छ ।

यस सिजन राम्रो खेल प्रर्दशन गर्दै आएको सेभिल्लाले बार्सिलोनालाई राम्रै चुनौति दिन सक्छ । त्यसो त सिजनको सुरुवात राम्रो सुरुवात गर्न नसकेको बार्सिलोना पछिल्लो समय लयमा देखिएको छ ।

बार्सिलोनाले ला लिगाको पछिल्लो ५ खेलमा ५ वटै खेल जितेको छ । सेभिल्लाले पछिल्लो ५ खेलमा ४ मा जित र एकमा बराबरी खेलेको छ ।

ला लिगामा अहिलेसम्म २० खेल खेलको बार्सिलोना १२ खेलमा जित र समान ४÷४ खेलमा बराबरी र पराजित हुँदै ४० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ ।

त्यस्तै समान २० खेल खेलेको सेभिल्ला १२ खेलमा जित, ३ खेलमा बराबरी र ५ खेलमा पराजित हुँदै ३९ अंक सहित अंक तालिकाको चौंथो स्थानमा छ ।

यस्तोमा बार्सिलोना तुलनात्मक रुपमा केही बलियो देखिएको छ । जसले बार्सिलाना केही सहज महशुस गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here