‘पत्रकार स्वास्थ्य उपचार अक्षय कोष’का लागि पत्रकार महासंघ काठमाडौंलाई महानगरको १५ लाख रुपैयाँ सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई ‘पत्रकार स्वास्थ्य उपचार अक्षय कोष’का लागि १५ लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ ।

आज शाखाको २२ औँ साधारणसभाका अवसरमा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । यो कोष जेष्ठ अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले, सरकार दृढतापूर्वक मुलुकलाई समृद्ध बनाउने अभियानमा लागिरहेको बताउँदै यसमा पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए ।

‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्प सरकारको गन्तव्य हो । यो समग्र विकासका हो भन्ने सन्देश जनतासमक्ष पु¥याउन यहाँहरुले भूमिका निर्वाह गर्नुपर्छ ।’ मन्त्री गुरुङको भनाइ थियो ।

सोही अवसरमा प्रेस रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रमअन्तर्गत २ वटा आपतकालीन झोला प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here