काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं, २५ माघ । काठमाडौं उपत्यकाको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । आइतबार बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले बदली भएको मौसमको कारण उपत्यका लगायत कयौ ठाँउमा चिसो बढेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आजदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशैभरको मौसममा बदली भएको थियो । देशका केही स्थानमा हिमपातसमेत भयो । काठमाडौं आसपासका उच्च भेगमा समेत हिमपात भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

यद्यपि, चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २५ गते (आइतबार)

दिउँसो : प्रदेश १ को पहाडी भू-भागमा आंशिक वदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

माघ २६ गते (सोमबार)

दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २७ गते (मंगलबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here