सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढ्यो ।

कारोबार भएको अघिल्लो दिन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतबार तेजावी सुनको मूल्य पनि प्रतितोला ६०० रुपैयाँ नै बढ्यो । आज तेजावी सुनको कारोबार मूल्य ९० हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढ्यो । आइतबार चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here