सभामुखको रिट न्यायाधीश प्रकाश ढुंगानाको इजलासको तेस्रो नम्बरमा

काठमाडौं, २५ माघ । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा गरेका नियुक्ति असंवैधनिक भएको भन्दै दायर गरेका मुद्दाको रिटमाथिको सुनुवाई आज हुँदैछ ।

नियुक्ति भएका सबैलाई विपक्षी बनाएर शुक्रबार दायर रिटको पेसीमाथिको सुनुवाई न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा परेको छ ।

सापकोटाले उत्प्रेषणको आदेश माग्दै दायर गरेको रिट ढुंगानाको इजलासमा तेस्रो नम्बरमा परेको हो। १९ पृष्ठ लामो निवेदनमा निवेदकले नियुक्ति तथा सिफारिसविरुद्ध उत्प्रेषण, परमादेश, उपयुक्त आदेश जारी गर्न माग गरेका छन् ।

रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार राष्ट्रिय सभाका अध्यष गणेश तिमिल्सिना लगायत ३९ जनालाई विपक्षी बनाइएको छ ।

उनले संवैधानिक आयोगहरुमा गरिएको सिफारिस र नियुक्ति असंवैधानिक भएको दाबी गरेका छन् । सापकोटाले निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् ।

साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सभामुख सापकोटाले माग गरेका छन् ।

संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै बुधबार शीतल निवासमा शपथ गराइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here