स्पेनिस ला लिगा : बार्सिलोना आज रियल बेटिससंग भिड्दै, कतिबजे सुरु हुँदैछ खेल ?

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना रियल बेटिससंग भिड्दै छ ।

नेपाली समय अनुसार आज राति १ः४५ बजेबाट बेटिसको घरेलु मैदानमा खेल हुँदै छ । जसको प्रत्यक्ष प्रशारण फेसबुकमा लालिगा सर्च गरेर हेर्न सकिन्छ ।

अहिलेसम्म लिगमा २० खेल खेलेको बार्सिलोना १२ खेलमा जित र समान ४/४ खेलमा बराबरी र पराजित हुँदै ३७ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।

यता अहिलेसम्म २१ खेल खेलको रियल बेटिस ९ खेलमा जित ३ खेलमा बराबरी र ९ खेलमा पराजित हुँदै ३० अंकसहित अंक तालिकाको ७ औं स्थानमा छ ।

१९ खेलमा ५० अंक जाडेको एथ्लेटिको मड्रिड अंक तालिकाको पहिलो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here