ओपन स्टिलाइफ आर्ट कम्पिटिसन, सहभागी र विजेता सबैलाई पुरस्कार

काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघ क्यान पेन्टिङ्ग कक्षाको आयोजनामा विद्यालय स्तरिय ‘ओपन स्टिलाइफ आर्ट कम्पिटिसन’कार्यक्रम सम्पन्न भयो ।

शनिबार काठमाडौंको शहिद शुक्र स्कुलमा आयोजित प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विभिन्न कलेज तथा विद्यालयका ५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

“प्रतियोगिता भएता पनि विद्यार्थीहरुले एक आपसमा केहि सिक्ने, सिकाउने अवसर पाएको क्यान पेन्टिङ्ग कक्षाका प्रमुख दीपक कुँवरले बताए ।

प्रतियोगिता सहभागी विद्यार्थीहरुलाई समाजसेवी भद्रकुमारी घलेले पुरस्कार वितरण गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा प्रा. राधेश्याम मुल्मी र प्रज्ञा ज्योति, प्रकाश वि.के.ले गरेका थिए ।

प्रतियोगितामा प्रथम नोवेल एकेडेमीका सहेल वैद्य, द्वितिय सुरज श्रेष्ठ कुलेशर आवास स्कुलका, तृतिय सुनिल भगराती विजेश्वरी स्कुलका र सान्तत्वना सागर रोकार्य नोवेल एकेडेमीका भएका छन् ।

सहभागी विद्यर्थी र पुरस्कृत सबैजना विद्यार्थीहरुलाई नै प्रमाण पत्र र पुरस्कार वितरण गरिएको थियो ।

क्यान पेन्टिङ्ग कक्षाले आगामी दिनमा विद्यालय स्तरीय आर्ट प्रतियोगिता, स्कुल आर्ट टिचर ट्रेनिङ्ग, स्क्रिन प्रिन्ट तालिम, हस्तकला तालिम संचालन गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here