लाइसेन्सको लिखित परीक्षा पास भएपछि १८ महिनासम्म ट्रायल दिन पाउने

काठमाडौं, २५ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समय अवधि परिवर्तन गरेको छ ।

आइतबार सूचना सार्वजनिक गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।

विभागले लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि अवधिलाई बढाएर १८ महिना पुर्याएको हो ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर समय बढाएको सूचनामा जनाइएको छ ।

कोरोना भाइरसको महामारीका कारण गत वर्षको चैतदेखि भएको लकडाउनका कारण लिखित परीक्षा पास भई ट्रायल दिनबाट वञ्चित भएका सेवाग्राहीलाई लक्षित गरी विभागले यस्तो व्यवस्था मन्त्रालयको दाबी छ ।

सिस्टममा समावेश गरिएकाले सोहीअनुसार रि–ट्रायल सञ्चालन गर्न विभागले सबै कार्यालयलाई आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here