बार्सिलोना दोस्रो स्थानमा उक्लियो, मैदान छिरेको तेस्रो मिनेटमै मेस्सीको गोल

काठमाडौं, २६ माघ । स्पेनिस ला लिगामा बार्सिलोना बिजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी, फ्रान्सिस्को ट्रीनकाओले एक एक गोल गरे भने एक गोल रियल बेटिसका भिक्टर रुइजले आत्मघाती गोल गरेका थिए ।

यस खेलमा मेसी ५७औ मिनेटमा सब्सटिच्युटको रुपमा मैदान छिरेका थिए । त्यस्तै रियल बेटिसका लागि बोर्जा इग्लेसियस र भिक्टर रुइजले एक एक गोल गरेका थिए ।

बोर्जा इग्लेसियासले गरेको गोलबाट घरेलु टिम रियाल बेटिसले ३८औं मिनेटमा अग्रता लिएको थियो। पाहुना टोली बार्सिलोनका प्रशिक्षक रोनाल्ड कोम्यानले ५७औं मिनेटमा दुई खेलाडी परिवर्तन गरे।

रिकार्ड पुजको स्थानमा मेसी र मिरालेम पिजानिकको स्थानमा ट्रिनकाओलाई मौदान छिराए। मेसीले मैदान छिरेको तीन मिनेट बित्न नपाउँदै औसमाने डेम्बेलेको पासमा बराबरी गोल फर्काए।

६८औं मिनेटमा भिक्टर रुइजले गरेको आत्मघाती गोलबाट बार्सिलोना अग्रता लियो। ७५औं मिनेटमा रुइजले बराबरी गोल फर्काए ।

खेल सकिन तीन मिनेट बाँकी हुँदा ट्रिनकाओले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो। जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २१ खेलबाट ४३ अंक जोडेको छ। जितपछि बार्सिलोना दुई स्थान माथि उक्लिएको हो।

बार्सिलोना र रियाल मड्रिडको समान ४३ अंक भए पनि गोलअन्तरमा बार्सिलोना अगाडि छ। १९ खेलबाट ५० अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ। त्यसैगरी रियल बेटिसको २२ खेलमा ३० अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here