थप १३० जनामा कोरोना संक्रमण पुष्टि, १९४ जना डिस्चार्ज

काठमाडौं, २६ माघ । नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार २६६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here