शोधनान्तर १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँ बचतमा

काठमाडौं, २६ माघ । शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ०७८ को ६ महिनामा महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६ अर्ब ६५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा चालु खाता रु.४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लोवर्षको सोही अवधिमा चालु खाता रु.७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।

ज्ञढ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.६ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई रु.७ अर्ब ६६ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१२ अर्ब २० करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here