अन्तर बैंक कारोबार घट्यो

काठमाडौं, २७ माघ । एक बैंकले अर्को बैंकसँग सापटी लिने अन्तर बैंक कारोबारमा गिरावट आएको छ । आर्थिक वर्ष २०७७र७८ को ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

६ महिनामा वाणिज्य बैंकहरुको रु.१८९ अर्ब १८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.१०१ अर्ब ६० करोड गरी कुल रु.२९० अर्ब ७८ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.९२६ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाहरुको रु.९१ अर्ब ४२ करोड गरी कुल रु.१०१७ अर्ब ९५ करोड अन्तर बैंक कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here