विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं, २७ माघ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

ऊर्जा मन्त्रालयले उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।

तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट लेखनाथ कोइरालालाई निमित्तको जिम्मेवारी दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेपछि शाक्यलाई प्राधिकरणको नेतृत्वमा ल्याइएको थियो ।

शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । लामो समयदेखिको लोडसेडिङ अन्त्य गराउन ठूलो योगदान गरेकाले पुनः घिसिङलाई नै नियुक्ति दिनुपर्ने माग व्यापकरुपमा उठेपनि सरकारले घिसिङलाई पुनः नियुक्ति दिएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here