अतिक्रमित सम्पूर्ण जमीन एक वर्षभित्र राष्ट्रियकरण गरिने

काठमाडौं, १५ जेठ । सरकारले अतिक्रमित सम्पूर्ण जमीन एक वर्षभित्र राष्ट्रियकरण गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

बालुवाटारको सरकारी जग्गा दलालहरुले गैरकानूनी रुपमा आफ्नो नाममा सारेको घटना सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका सबै अतिक्रमित जमीन सरकारको नाममा ल्याउने बताएका थिए ।

सार्वजनिक, गुठी र पशुपतिनाथ मन्दीरको हजारौं हेक्टर जमीन गैरकानूनीरुपमा दलालले आफ्नो बनाएको र बेचेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here