थप १६० जनामा कोरोना संक्रमण पुष्टि, १६५ जना डिस्चार्ज

काठमाडौं, २७ माघ । नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ४३१ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here