घरजग्गामा बैंक तथा वित्तीय संस्थाको १६ अर्ब ४८ अर्ब लगानी

काठमाडौं, २८ माघ । कोरोना भाइरसको महामारीपछि घरजग्गाको कारोबार बढ्दो क्रममा छ ।

व्यवसाय लयमा फर्किएपछि बैंकहरुले पनि घर जग्गामा लगानी बढाएका छन् । चालु आर्थिक बर्षको ६ महिनामा रियल स्टेट कर्जा र व्यक्तिगत आवासीय घरकर्जा ४ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गामा कुल लगानी १६ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

गत बर्षको ६ महिनामा बैंकले घरजग्गामा ३० अर्ब ७८ करोड ६५ लाख रुपैयाँ लगानी गरेकोमा यसवर्षको ६ महिनामा भने १६ अर्ब ४८ करोड रुपैयाँ मात्रै लगानी गरेका हुन् ।

लकडाउनका कारण चालु वर्षको पहिलो ३ महिना (साउन, भदौ र असोज) मा घरजग्गाको कारोबार सुस्ताउँदा बैंकको ऋण लगानी घट्न गएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार पुस महिनामा मात्रै देशभर ७६ हजार ५३२ घरजग्गा किनबेच भएका छन् । मंसिर महिनामा ६१ हजार ४५१ घरजग्गा किनबेच भएकोमा पुसमा आइपुग्दा यो संख्या १५ हजारले बढेर ७६ हजार नाघेको हो ।

तथ्यांक अनुसार घरजग्गा कारोबार मार्फत पुस महिनामा ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । मंसिरमा ५ अर्ब १४ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

पुस महिनामा लिखत पारित, नामसारी, संसोधन, हालसाविक, रोक्का, फुकुवा, अपार्टमेन्टको लिखत पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हक कायम, मोहीयानी हक नामसारी, मोही लागत कट्टा, जग्गा बाँडफाँड, प्रतिलिपि जस्ता शिर्षकमा सेवा प्रदान गरेवापत राजश्व संकलन भएको छ ।

रजिष्ट्रेसन दस्तुरबाट ३ अर्ब ७४ करोड २३ लाख, पुँजीगत लाभकरबाट १ अर्ब ६७ करोड ८३ लाख, सेवाकरबाट ४३ करोड ३९ लाख, बागमति सभ्यता शुल्क शीर्षकबाट १९ करोड ३५ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here