सनराइज बैंकको सीइओमा सुमन शर्मा नियुक्त

काठमाडौं २८ माघ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । जनक शर्मा पौडेलले मंगलवार राजीनामा दिएपछि बैंक संचालक समितिले शर्मालाई सीइओमा नियुक्त गरेको हो ।

बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा २२ बर्षभन्दा बढीको अनुभव सम्हालेका शर्मा कुशल बैंकरको रुपमा चिनिन्छन् । यसअघि उनी माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । चार बर्षे कार्यकालमा २ बर्ष बाँकी रहँदै उनले गत ०७६ फागुन २८ गते माछापुच्छ्रे छाडेका थिए ।

त्यसपछि खाली बसिरहेका थिए । लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्रचर बैंकको सीईओमा पनि उनको नाम चर्चामा थियो ।

माछापुच्छ्रेमा सीइओ हुनुअघि शर्मा ग्लोबल आईएमई बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत थिए । त्यसपछि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

शर्माले एनएमबी बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरेका थिए । उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here