पेट्रोलियम पदार्थ र ग्यासको मूल्य वृद्धि

काठमाडौं, २८ माघ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थ र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो। यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ४ पुगेको छ।

यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९५ कायम गरिएको निगमले जनाएको छ ।

खाना पकाउने ग्याँसकाे भाउ एक वर्षपछि बढेकाे हाे । हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here