कोपा डेल रे: बार्सिलोना सेभियासँग पहिलो लेगमा पराजित

काठमाडौं, २९ माघ । कोपा डेल रे को सेमिफाइनल अन्तर्गत पहिलो लिगमा बार्सिलोना पराजित भएको छ ।

जुलेस कोन्डे र इभान राकिटिचले आफ्नै पूर्वक्लबविरुद्ध गरेको गोलमा सेभियाले कोपा डेल रेको पहिलो लेगको सेमिफाइनलमा बुधबार बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।

कुण्डेले खेलको २५औ मिनेटमा गोल गरेका थिए भने राकिटिकले खेलको ८५औ मिनेटमा गोल गरेका थिए ।

आफ्नो घरेलु मैदानमा प्राप्त यस जितपछि सेभिया फाइनल प्रवेशका लागि बलियो दाबेदार बनेको छ । अब दोस्रो लेगको सेमिफाइनल मार्च ३ मा क्याम्प नाउमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here