विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २९ माघ । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८६ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ९ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ७५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९ रुपैयाँ ९० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here