स्पेनिस ला लिगा : बार्सिलोना आज अल्भेजसंग भिड्दै, दोस्रो स्थानमा उक्लने मौका

काठमाडौं । स्पेनिस ला लिगामा आज बार्सिलोना अल्भेजसंग भिड्दै छ ।

नेपाली समय अनुसार आज राति १ः४५ बजेबाट बार्सिलोनाको घरेलु मैदानमा खेल हुँदैछ । जसको प्रत्यक्ष प्रशारण फेसबुकमा लालिगा सर्च गरेर हेर्न सकिन्छ ।

अहिलेसम्म लिगमा २१ खेल खेलेको बार्सिलोना १३ खेलमा जित र समान ४/४ खेलमा बराबरी र पराजित हुँदै ४३ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ ।

यता अहिलेसम्म २२ खेल खेलको अल्भेज ५ खेलमा जित ७ खेलमा बराबरी र १० खेलमा पराजित हुँदै २२ अंकसहित अंक तालिकाको १६ औं स्थानमा छ ।

आजको खेलमा जित निकाल्न सके बार्सिलोना दोस्रो स्थानमा उक्लने छ ।

२० खेलमा ५१ अंक जाडेको एथ्लेटिको मड्रिड अंक तालिकाको पहिलो स्थानमा छ । त्यस्तै, २२ खेलमा ४६ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here