स्पेनिस ला लिगा: आल्भेजविरुद्ध गोलको वर्षा गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

काठमाडौं, २ फागुन । बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न खेलमा डिपोर्टिभो आल्भेजलाई ५-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र फ्रान्सिस्को ट्रीनकाओले २-२ गोल गरेका थिए भने जुनियर फ्रिपोले एक गोल गरेका थिए ।

यो बार्सिलोनाको लिगमा लगातार सातौं जित हो । त्यस्तै आल्भेजका लागि लुइस रिओजाले एक गोल फर्काएका थिए ।

यो जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २२ खेलमा ४६ अंक भएको छ । त्यस्तै ४६ अंक सहित गोल अन्तरका आधारमा रियल म्याड्रिड तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरि २१ खेल खेलेको एटलेटिको म्याड्रिड ५४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै आल्भेजको भने २३ खेलमा २२ अंक रहेको छ र लिगमा १६औ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here