बार्सिलोनाका लागि ला लिगामा मेस्सीको अर्को कीर्तिमान !

काठमाडौं । डिपोर्टिभो आल्भेजविरुद्ध दुई गोल गरेका लियोनल मेस्सीले बार्सिलोनामा अर्को इतिहास रचेका छन् ।

शनिबार राति क्याम्प नोउमा आल्भेजबिरुद्धको खेलमा मेस्सीले आफ्ना पूर्व सहकर्मी लिजेन्ड जाभीको कीर्तिमान बराबरी गरेका हुन् ।

ला लिगामा ५ सय ५ खेल खेल्दै क्लबका कीर्तिमान बराबरी गरे । उनले केहि समयअघि आन्द्रेस इटिएस्टाको ४ सय ४२ खेलको कीर्तिमान उछिनेका थिए ।

योसँगै बार्सिलोनाका लागि सबै प्रतियोगितामा गरेर जाभीको ७ सय ६७ खेलको कीर्तिमान उछिन्न मेस्सी ८ खेल टाढा छन् ।

जाभीको कीर्तिमान बराबर गरेसँगै मेस्सी ला लिगाको इतिहासमै सबैभन्दा धेरै खेल खेल्ने शीर्ष दशभित्र समेडिएका छन् ।

मेस्सीभन्दा अगाडि अन्दोनी जुविजारेटा (६२२), ज्वाक्वीन सान्चेज (५६७ र अहिले पनि सक्रिय), राउल गोन्जालेस (५५०), उसेवियो साक्रिस्टन (५४३) र पाको बुया (५४२) छन् ।

शनिबार मेस्सीको जारी सिजन २० औं ला लिगा खेल हो । जहाँ उनले १३ गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here