सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । छापावाल सुनको मूल्य घट्ने क्रम आइतबार पनि जारी नै रह्यो ।

कारोबार भएको अघिल्लो दिन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ घट्दै प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतबार तेजावी सुनको मूल्य पनि प्रतितोला १०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैया बढ्यो । आइतबार चाँदीको कारोबार मूल्य १३ सय ३५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here