प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ ।

केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

जसअन्तर्गत फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर प्रदर्शन गर्ने घोषणा गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरुमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रम गर्ने निर्णय भएको पनि नेता श्रेष्ठले बताए ।

यस्तै फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडाहरुमा वडास्तरीय विरोध कार्यक्रम गर्ने सो समूहले घोषणा गरेको छ । फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अनतरक्रिया कार्यक्रमसमेत गर्ने नेता श्रेष्ठले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा दाहाल(नेपाल समूह निरन्तर संघर्षमा छन् ।

दाहाल-नेपाल समूहले केन्द्र, प्रदेश र स्थानीय तहसम्म विरोधक कार्यक्रम गर्दै आएको छ । देशका प्रमुख शहरमा दाहाल(नेपाल समूहले शक्ति प्रदर्शन समेत गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here