विजयजंग बस्‍नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी

काठमाडौं, २ फागुन । पशुपतिमा वेवारिसे शव जलाएर प्रशंसा बटुल्दै बीबीसीको १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी हुन् ।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।

एक समय सपना विनयलाई बुवा भनेर सम्बोधन गर्ने गर्थिन् भने विनय सपनालाई छोरी भन्थे । तर पछिल्लो समय आपसी विवाद बढेको थियो ।

सपनाका अश्लील फोटो आफूसँग मोबाइल र पेनड्राइभमा सुरक्षित रहेको भन्दै युट्यबुमा अन्तर्वार्ता दिएपछि उनीहरुभित्रको विवाद थप बाहिर आएको हो । विनयले सपनामाथि धम्कीपूर्ण चेतावनी दिएपछि महिला अधिकारकर्मीले प्रहरीमा उजुरी दिएर कारवाही गर्नुपर्ने माग उठाएका थिए ।

सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here