प्रधानमन्त्री ओलीको नजरमा के-के भए तीन वर्षमा उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् ।

सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको तीनवर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् ।

उपलब्धि सार्वजनिक कार्यक्रममा ओलीले आगामी वर्ष मुलुकमा १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने दाबी गरे । आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो वर्ष ७ प्रतिशत र दोस्रो वर्ष त्योभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भएको बताए ।

ओलीले सरकारप्रति नागरिकको उच्च आशा भए पनि आफ्नै पार्टीभित्रको गुट उपगुटका कारण चाहेजस्तो काम गर्न नसकेको गुनासो गरे । आफ्नै दलका नेताहरूले नै संसदीय सुनुवाइको प्रक्रियासमेत रोक्ने काम गरेको उनको दाबी थियो ।

राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आ फ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् ।

सरकारका उपलब्धिको पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here