महालक्ष्मी लाइफले रु. ६० करोडको सेयर निष्काशन गर्ने, पाँच नयाँ सञ्चालक निर्वाचित

काठमाडौं, ३ फागुन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि छुट्याइएको रु. ६० करोड रकम सेयर निष्काशन गर्ने भएको छ ।

सनिबार काठमाडौंमा सम्पन्न कम्पनीको तेस्रो साधारणसभाले सो निर्णय गरेको हो ।

सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएको घोषणा गरिएको थियो ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल ¥याडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जीबन बीमा क्षेत्रको अवस्था र समस्याका बारेमा जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here