ग्लोबल आइएमईको नयाँ शाखा मनाङको ङिस्याङमा, अब दुई जिल्लामा पुग्न बाँकी

काठमाडौं, ३ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका –४, मनाङ बजारमा २०७७ फागुन ३ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु- याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here